Saturday, 5 March 2016

कसले चलायो

गोली हान्ने चलन कसले चलायो
शान्त थियो गगन कसले चलायो।

मनको दहमा उथलपुथल आयो
यो मुटुको ढकन कसले चलायो।

चोरी चोरी खान्थ्यौ सानो हुदा खेरी
आमा भन्थी मखन कसले चलायो।

छिया छिया भयो मुटु आज मेरो
बाण जस्तो वचन कसले चलायो।

ची ची गरी रोयो अध्यारोमा बरा
गणेशजीको बाहन कसले चलायो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...