Thursday, 10 March 2016

संयोग चाहियो

अबिस्मरणिय क्षण हुने संयोग चाहियो
एकान्तमा टोलाइरहने यस्तो रोग चाहियो।

बाउ-बाजेको कमाइ खाई धेरै माती हिडियो
गतिलो पाठ सिकाउने कन्त बिजोग चाहियो।

पिरतीको निबेदन मैले पेश गरेको छु
स्वीकृतिको संकेत मिल्ने हरियो तोक चाहियो।

बर्सौ भयो माया बाट बिछोडिएको पनि
हराएको माया भेट्ने मिलन चोक चाहियो।

कमाएर टन्न पैसा मोज मस्ती गरियो
सुख-दु:खमा साथ दिने कोही त लोक चाहियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...