Thursday, 31 March 2016

दु:खको बेला

दु:खको बेला दिएर साथ नजिक आएर
बनाई ऋणी पुर्यायौ यहाँ पिरती लाएर।

यो धर्तीभित्र कम्ती नै होला जसरी तिमीछौ
साहसी नारी भएको देख्दा महान तिमी हौ।

पुरुष भन्दा अगाडि बढी तिमीले देखायौ
रेकर्ड राख्यौ यसरी तिम्ले ईतिहास लेखायौ।

भविस्य सम्म तिम्रो नै नाम लिनेछन् सबैले
असल काम गरेको स्रेय दिनेछन् सबैले।

नायिका जस्ती पियारी पाई खुशीले दङ्ग छु
सोच्दा त लाग्छ अहिले म त अप्सरा संग छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...