माया पिरतीको बार्ता सफल हुन्थ्यो होला
बिस्तारै सम्बन्ध पनि असल हुन्थ्यो होला।
समझदारी भाको भए हामी एक अर्कामा
यो जिन्दगी आज कति सरल हुन्थ्यो होला
कोही कोही मान्छे यहाँ दानव जस्तै हुन्छन्
यदि मानव नै हो भने अकल हुन्थ्यो होला।
दैव भन्दा उच्च छ रे मानवीय चोला
नत्र किन मुर्ती भई अचल हुन्थ्यो होला।
महादेवले जस्तै रुप फेर्न सक्ने भए
यो जवानी कति अदल बदल हुन्थ्यो होला।
No comments:
Post a Comment