Sunday, 27 March 2016

फाटिएको मुटु

फाटिएको मुटु मेरो टाल्न सकिएन
न त मुटु झिकेर नै फाल्न सकिएन।

मेरो शुद्ध माया संग उनको मिसिएसी
अशुद्ध त्यो माया मैले चाल्न सकिएन।

संझनाका छालहरु छचल्किन थाल्छन्
आगो भित्र ती संझना बाल्न सकिएन।

न त बाच्न न त मर्न सकिरहेको छु
जिउदै ज्यान खाल्डो भित्र हाल्न सकिएन।

फलामको मुटु भए पग्लिन्थ्यो कि बरु
पत्थरको मुटु उनको पगाल्न सकिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...