Friday, 25 March 2016

कठपुतली

धेरै भयो महाजनको कठपुतली भएको
बाध्यताले पेट पाल्न साउको हली भएको।

ज्यानै मारेर कसरी पुण्य कमाउछौ भन
देख्न सक्तिन मन्दिरमा पशुको बली भएको।

आफ्नो स्वार्थ सिद्ध गर्न सबै गर्न तयार छ
पक्कै पनि हुनु पर्छ समय कली भएको।

चुनावमा भोट दिन्छौं असल नेता जिताउन
जीत हुन्छ हत्याराको,हुन्छ धाधली भएको।

सगरमाथा माथि हिउँ एक्कासी पग्लिन थाल्यो
बैज्ञानिकको कला हो या,मौसम बदली भएको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...