Wednesday, 30 March 2016

पिरतीको बहस

दस्तावेज तयार पार भित्री मन बाट
पिरतीको बहस गर अब सदन बाट।

आशा गर्छौं सधैं हामी रास्ट्र बाट धेरै
रास्ट्रप्रेम सिक्ने कि सहिद लखन बाट।

प्रदुषित पार्छौ आफैं बिकार बस्तु फाली
स्वच्छ सास लिन खोज्छौ तिनै पवन बाट।

धोकेबाज प्रियसीले हुनु पर्छ जानेको
भमराको लोभी नजर,लप्पनछप्पन बाट।

जस्तो आयौं उस्तै जान्छौं,घमण्ड नगरौं
गोजी राखिएको हुन्न,सिकौं कफन बाट।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...