चोखो माया लगाउदै बिछोड भई दिन्छ
त्यसैले पागल प्रेमी बिस्फोट भई दिन्छ।
माया,धोका,मिलन,बिछोड भएर त यहाँ
उपन्यास झैं कहानी बेजोड भई दिन्छ।
माया,पिरती त आज खेल भएको छ
कसले बढी खेलाउने होड भई दिन्छ।
एउटी माथि सबैले आँखा गाडी दिदा
सामूहिक द्वन्द हुन्छ, तोड भई दिन्छ।
अन्तर्जातिय बिवाह भनाइमा हुन्छ
व्यबहारमा सबै बाट बिरोध भई दिन्छ।
बसन्तमा लाको माया शिशिरमा झर्दा
मायाको भर नहुने निचोड भई दिन्छ।
No comments:
Post a Comment