हिजोआज सबै कुरा बेहालमा देखिन्छ
कतै नदेखिने कुरा नेपालमा देखिन्छ।
हाम्रा देशका भविस्यका कर्णधार युवा
कोही नशामा त कोही के तालमा देखिन्छ।
ट्युसन पढ्छु,कापी किन्छु भनी पैसा लिई
बेस्याबृति अनि जुवा को खालमा देखिन्छ।
पढ्न छोडी छोराछोरी फेस्बुक,भाइबर खोल्छ
नानाथरी यो सामाजिक संजालमा देखिन्छ।
बुद्धि,विवेक गुमाएर कोही मान्छे हरु
अज्ञानी पशुहरुको बगालमा देखिन्छ।
No comments:
Post a Comment