गरीब लाई मात्र थुन्ने पिंजडा बनायौ
देशको शासन प्रणाली लंगडा बनायौ।
उद्योग धन्दा ठप्प पारी कुर्सीमै रमाई
न त सियो बनायौ, न कपडा बनायौ।
चोर,फटाहा,गुन्डा खुल्ला घुमी हिंड्छन्
भन कस्को लागि नियम कडा बनायौ।
देश बिकास गर्न छोडी डिस्को बार धाई
देशलाई मोजमस्ती गर्ने अखडा बनायौ।
जनता बाध्यतामा छन् झुपडीमा बस्न
भ्रष्टाचार गरेर महल बडा-बडा बनायौ।
No comments:
Post a Comment