Monday, 7 March 2016

सीमा बनाईन्छ

टिस्टा र कागडा सम्म हाम्रो सीमा बनाईन्छ
त्यसै निहु खोज्ने लाई अब कीमा बनाईन्छ।

दुस्मन संग डराएर भाग्ने छैनौं, बरु लड्छौ
नेपाल आमा बचाउन जीवन बीमा बनाईन्छ।

सुख खोज्न कतै टाढा जानु छैन हामी लाई
स्वर्ग जस्तो सुन्दर ठाउँ आगनीमा बनाईन्छ।

बिदेशी नै लोभ्याउने चिल्ला,चौडा सडकहरु
लेक,बेशी,उकाली र ओरालीमा बनाईन्छ।

गर्व गर्ने ठाउँ रहोस् हाम्रा भावी सन्ततिले
स्मरणीय क्षण यहीँ जिन्दगीमा बनाईन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...