Monday, 7 March 2016

नानाथरी भन्छौ

भन्ने बेला मुखै फोरी नाना-थरी भन्छौ
आफ्नो गल्ती स्वीकारेर पछि सरी भन्छौ।

संसारमा तिमी भन्दा कैयौं राम्री देख्छु
तिमी भने आफू लाई साच्चै परी भन्छौ।

अलि राम्री छौ भन्दैमा भुइँमा खुट्टा छैन
आकाशमा उडी डुल्ने मै हु चरी भन्छौ।

दुई दिने जिन्दगीमा किन वचन लाउछौ
भन्न पाइयो भन्दैमा मुखै भरी भन्छौ।

कहिलेकाही सम्झाउनु, म त सम्झी हाल्छु
सधैं भरी मुटु च्वास्स दुख्ने गरी भन्छौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...