Wednesday, 16 March 2016

नरक हुन सक्छ

माया बिनाको जिन्दगी नरक हुन सक्छ
तिमी हुँदा सबै कुरा फरक हुन सक्छ।

जन्म दिनु मात्र कुनै ठूलो कुरा होइन
जन्माएर छोडे बास सडक हुन सक्छ।

धैर्यता र साहस भए यात्रा सजिलो छ
कृकेटरुपी जीवनमा शतक हुन सक्छ।

लोकतन्त्र आउँदैमा नियम तोड्नु हुन्न
अनुशासन धेरै ठूलो पदक हुन सक्छ।

गतिशील यो समयको महत्त्व बुझेर
अघि बढौ,भाग्य एकै पटक हुन सक्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...