Saturday, 19 March 2016

बुझ्न सकिएन

तिम्ले घृणा गर्ने कारण बुझ्न सकिएन
कस्तो रुप गर्यौ धारण बुझ्न सकिएन।

गालीको बर्सात भयो तिम्रो मुख बाट
गर्यौ अनेकौ उच्चारण बुझ्न सकिएन।

बेग्लै संसारमा छौ रे असली नाम फेरि
कस्ले गर्यो फेरी न्वारन बुझ्न सकिएन।

रास्ट्रभक्ती हर नशामा सवार भएका छन्
रोक्दिन्छौ रक्त प्रसारण बुझ्न सकिएन।

उध्याउनुछ खुकुरी, हसिया र कोदाली
अन्तै सार भन्छौ आरन बुझ्न सकिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...