प्यारी बाट बिदा भएँ राहदानी लिएर
फर्किन् उनी आँखामा पानी पानी लिएर।
बाई बाई बाबा सी यु भन्दै थिई छोरीले
मिल्ने भए आउने थिएँ मेरी नानी लिएर।
आ'कोछु खाडी देशमा धेरै सपना सजाई
सोचेकोछु आउछु प्यारी सुनखानी लिएर।
दुई मुटु संगै चल्थ्यो,संगै हुन्थ्यौं हमेसा
रात काटिन्छ अधुरो यो सिरानी लिएर।
दु:ख, सुख चलिरहेछ परदेशी जिन्दगी
अब चाँडै फर्किंदैछु अजीव कहानी लिएर।
No comments:
Post a Comment