जिन्दगीमा नाफा,नोक्सान हिसाब राखिएन
कति माया र अपमान हिसाब राखिएन।
घोकन्ते बिदा भनेर ठुला ठुला ठेली
रटियो नि जति रटान हिसाब राखिएन।
सुनौलो त्यो भविस्यको सपना सजाएर
बिदेशिएका ती जवान हिसाब राखिएन।
ज्योतिषीको भाग्य वाणी मध्यनजर राख्दै
गरिएको सम्पति दान हिसाब राखिएन।
कोही डुब्छन् त नशामा,कोही कवि बन्छन्
धोका पछिको धूम्रपान हिसाब राखिएन।
No comments:
Post a Comment