Tuesday, 15 March 2016

हावा मन्द

हुरी आउनु पहिले हावा मन्द आको हुन्छ
खाना डढ्नु पहिले त सुगन्ध आको हुन्छ।

अचेलका केटा केटी बुझ्न लाई धेरै गार्हो
कस्लाई घृणा अनि को पसन्द आको हुन्छ।

धेरै साथीले सोधे गजल किन लेख्छौ भनी
एउटै जबाफ हुन्छ,मन आनन्द आको हुन्छ।

भविस्यको बारेमा कसै लाई थाहा हुन्न
तर शिशिर पछि पक्कै वसन्त आको हुन्छ।

जब अन्याय अनि अत्याचारले सीमा नाघ्छ
पीडित हरुको आवाज बुलन्द आको हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...