Thursday, 3 March 2016

बाली बिर्सेर

कहाँ गयो होला किसान बाली बिर्सेर
डोको,नाम्लो,कोदाली र फाली बिर्सेर।

कति हेप्न सकेका गरीब हरु लाई
महल भित्र आयो अरे नाली बिर्सेर।

उनको आफ्नै जिन्दगी छ,दख्खल नदेउ
मन यतै डुलाउ बुडा साली बिर्सेर।

सर्वस्व नै ठाने सत्ता स्वार्थी नेताले
भ्रष्टाचारमै लिप्त भए ताली बिर्सेर।

गोडमेल कस्ले गर्यो फुल हरु लाई
भमरामै रम्न थाले माली बिर्सेर।

कलिको यो जमानामा रुपैमा मर्छन्
गोरी तिर लाग्यो केटो काली बिर्सेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...