Friday, 11 March 2016

प्यारो

झुपडीको भन्दा तिम्लाइ महलको बसाइ प्यारो
कति बसे प्रतिक्षामा,अब भयो पर्खाइ प्यारो।

नरोएको दिन छैन,म हासेको पल छैन
नयन बाट आँसु दाना तप्प तप्प झराइ प्यारो।

आफन्तको जीवनमा आधीबेरी आउँदा पनि
तिमी लाई भने सधैं हसाइ र नचाइ प्यारो।

लताएर चोखो माया चढ्दैछौ अर्कैको डोली
तिम्रो यादमा सिकिस्त छु,तिम्रो लागि बधाइ प्यारो।

भन्ने बेला एउटा भन्छन्,गर्ने बेला अर्कै गर्छन्
दुनियाँमा काम भन्दा किन हुन्छ भनाइ प्यारो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...