Monday, 21 March 2016

जागिर गरे पछि

नेपालको सरकारी जागिर गरे पछि
तलब यसै पाकी हाल्छ हाजिर गरे पछि।

सहिद भईहाल्यो भने सालिक सम्म बन्छ
केही पाईदैन देशको खातिर गरे पछि।

मिठा,चिल्ला खानुपर्छ घरमा थर्काएर
दिन भरी फटाहा र फकिर गरे पछि।

नेपालको खेत-बारीमै फल्छ हीरा,मोती
हुन्छ,अबस्य नै हुन्छ आखिर गरे पछि।

सत्ता पाउन,ढाल्नमा नै ब्यस्त नेता हरु
बिकास छैन राजनीति अस्थिर गरे पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...