Wednesday, 16 March 2016

मतला लिएर

गजलको श्रीगणेश गर तिमी मतला लिएर
प्रेम प्रस्ताव गर्छु अब सिंगो गमला लिएर।

मान्छे बाट गल्ती हुन्छ जानेर वा नजानेर
दुनियाँ रमाई दिन्छ पछि बदला लिएर।

नेपाली संगीत लाई विश्व सामू चिनाउन
उठौ साथी मादल,टुङ्ना,अनि तबला लिएर।

कोर मिठा गीत,गजल माला शब्दका उनेर
कसैले त साथ देउ कला र गला लिएर।

हाम्रो रास्ट्र,रास्टृयता अझ बलियो बनाऔं
छाती भित्र सगरमाथा र जलजला लिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...