आँखामा यसरी राख्यौ गाजल सजाएर
त्यसरी राख्न सकिन्न पसल सजाएर।
तिम्रो नागबेली केश देख्दा यस्तो लाग्छ
शीर माथी राखेको छ बादल सजाएर।
हिलोमा फुलेर के भो, सुबास पाईन्छ
यो छाती भित्रै राखिन्छ कमल सजाएर।
सन्तुष्टि नै सबै भन्दा ठूलो धन हुन्छ
झुपडीमै राखी दिन्छु महल सजाएर।
स्वागत छ तिमी लाई मेरो मन भित्र
पर्खी बस्छु यस लाई हर्पल सजाएर।
No comments:
Post a Comment