Saturday, 26 March 2016

सेल्फी खिज्दा खेरी

ओठ किन चुच्चो पार्छन् सेल्फी खिज्दा खेरी
नशालु ती आँखा मार्छन् सेल्फी खिज्दा खेरी

जस्तो रुप उस्तै फोटो खिचे भई हाल्छ
असली रुप बिगार्छन् सेल्फी खिज्दा खेरी।

अलि अलि परिबर्तन गरे त ठिकै हो
अनुहार नै निचार्छन् सेल्फी खिज्दा खेरी।

फोटो खिच्ने बेला केही कुराको ध्यान छैन
कान्लामुनि ज्यानै झार्छन् सेल्फी खिज्दा खेरी

वाक्क दिक्क हुँदा पनि संगै हिड्ने साथी
अब एउटा भनी टार्छन् सेल्फी खिज्दा खेरी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...