Sunday, 13 March 2016

अरब आएको छ

कुरा सुन्दा कता दु:ख कता गजब आएकोछ
नेपालको जागीर छोडी केटो अरब आएकोछ।

अरबको लाहुरे हो मेरो छोरा हेर साथी
कोही भन्दा कम छैन भनेर गफ आएकोछ।

सुक्ख रोटी,दाल-परट्ठा खाई पैसा बचाईन्छ
मासु-भात खानु पर्छ आज तलब आएकोछ।

सपनाको महल भत्क्यो,ढलेछ आस्थाको खम्बा
बाकस भित्र सजिएर बिचरा शब आएकोछ।

मेरो मित्र बिदेश बाट स्वदेशमा फर्केको छ
बिदेशमा पाएको दु:ख र अनुभव आएकोछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...