राम्रो संग बाँधे थैला,चोर लाउनु पर्दैन
राती भए खैला-बैला,चोर लाउनु पर्दैन।
जो चोर उसैको ठूलो स्वर हुन्छ अरे
आनीबानी सुधार पैला,चोर लाउनु पर्दैन।
मन मुटु छुने परी र जवानी देखेर
हुन सक्छ मन मैला,चोर लाउनु पर्दैन।
आकास खुल्ला भए झैं खुल्ला हुन सक्छ
कसैको मुटुको दैला,चोर लाउनु पर्दैन।
हात,खुट्टा सद्दे हुँदै किन चोर्नु पर्यो
नचोर,बरु हात फैला,चोर लाउनु पर्दैन।
No comments:
Post a Comment