Wednesday, 9 March 2016

खडेरी हुन्छ किन

मेरो मायामा यसरी खडेरी हुन्छ किन
उज्यालो हुँदा दिउँसै अधेरी हुन्छ किन।

चन्द्रमा दाहिने हुँदा पछि नै लाग्थे सबै
भाग्यले साथ नदिदा अटेरी हुन्छ किन।

मेरी भु पू माया लाई धोका भयो म बाट
आज उनी न कसैको न मेरी हुन्छ किन।

आज पनि भेट भयो उहीँ खुकुरी संग
अचानो भएको थिए र फेरी हुन्छ किन।

हाम्रो सम्बन्ध चाहन्छु साल जस्तै बलियो
आखिरीमा ठिक्क उल्टो अंगेरी हुन्छ किन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...