खान्छु अब आफ्नै देशमा पसिना बेचेर
खोल्छु पसल,बस्छु मिठा-मसिना बेचेर।
कोही मान्छे यति सम्म अल्छी भएछ
खाएछ उसले त गुरु-दक्षिणा बेचेर।
सबै भन्दा बाठो मान्छे पण्डित नै होला
अति कमाएका दिन र महिना बेचेर।
गरीबीको कारणले ज्वाइँ भईएन
लगन अन्तै सारिएछ चिना बेचेर
सन्तुष्ट र सरल जीवन जिई रहेका छन्
घर छेउमै चट्पटे र पुदिना बेचेर।
No comments:
Post a Comment