सरकार बाट केही पहल भएन
गरीबको कहिल्यै महल भएन।
पाउ तान्ने व्यक्ति धेरै भेटिन्छ
चालिएको कदम सफल भएन।
सबै कुरा यहाँ बिकाउ हुन्छन्
ईमान नबिक्ने पसल भएन।
अतिक्रमण भए जमिन यसरी
हिलो भित्र पनि कमल भएन।
चोरी गर्ने पनि तरीका हुन्छ
सक्कल बमोजिम नक्कल भएन।
No comments:
Post a Comment