अब हाम्रो मिलन असम्भव छ
संगै बाच्ने छ मन,असम्भव छ।
एउटा मुटु भए हजारौं टुक्रा
एउटै हुन धड्कन असम्भव छ।
दिन प्रतिदिन पात्लियो माया
साठगाठ सघन असम्भव छ।
पण्डित पनि उतै नुन खान थाले
जुराउन लगन असम्भव छ।
घात प्रतिघात सहेर दिनै
जिउन लाई जीवन असम्भव छ।
No comments:
Post a Comment