Friday, 18 March 2016

बानी बनायौ

दुई दिन माया गरी बानी बनायौ
चोट दिएर आँखामा पानी बनायौ।

तिमी लाई माया गरे जुन मुटुले
त्यही मुटु जलाई खरानी बनायौ।

आज भोलि चारैतिर हाम्रै चर्चा छ
शत्रु लाई घत पर्ने कहानी बनायौ।

सम्बन्धमा आगो झोस्न के के गरिनौ
भए,नभएका कुरा-कानी बनायौ।

"माङ"लाई च्वास्स घोच्ने काडा ठानेर
पराई लाई आँखाको नानी बनायौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...