काडा भन्दा पनि फुलले घोच्ने रहेछ धेरै
चोट परे पछि मान्छे सोच्ने रहेछ धेरै।
आदर्शका कुरा हरु जति नै गरे पनि
व्यबहारमा उल्टो बाटो रोज्ने रहेछ धेरै।
कति कुरा अरु लाई सबै भन्न नमिल्दा
मनका कुरा मन भित्रै कोच्ने रहेछ धेरै।
सुनौलो भविस्य सोची उ खट्छ बिदेशमा
जीवनसाथी कसै लाई पोस्ने रहेछ धेरै।
आँखा लोभी,मन पापी पक्कै हुन्छ सबैको
नत्र सबै किन रुपै खोज्ने रहेछ धेरै।
No comments:
Post a Comment