Thursday, 3 March 2016

आकाश

ओछ्याउने धर्ती हुँदा ओढ्ने आकाश भाछ
सुसाउने साथी मेरो केबल बतास भाछ।

पहाड, पर्वत, हिमाल, नदी ,छहरा, पहरा
निस्वार्थका संकेत हुन्,मीठो आभास भाछ।

फोहोरी यो राजनीति र सबै मान्छे स्वार्थी
भएको देखेर त्यसै मन हतास भाछ।

रोजगारी खोज्दा पाइन,घुस मैले ख्वाइन
कामकै खोजी गर्दा गर्दै ज्यान प्रबास भाछ।

संगै हुँदा झैं-झगडा पर्थ्यो उनी संग
आज टाढा हुँदा भन्छे तिमी नै खास भाछ।

पचास डिग्री तापक्रम सहन गार्हो छ
खाडी देशमा कति बस्नु "माङ"निराश भाछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...