मुटु चोर भनेर म परिचित भएको छु
मायाको अदालतमा उपस्थित भएको छु।
मेरो तर्फ बाट लड्ने वकिल भेटिएन
कसरी मुद्दा जित्ने भयभीत भएको छु
प्रत्यक्षदर्शी साक्षी कोही पनि भएन
माथिको भगवानमा आधारित भएको छु।
पेश भएको प्रमाण ,साक्षीको बयान बाट
हो,म नै मुटु चोर भनी प्रमाणित भएको छु।
उनकै जीत होस भनी म पनि चाहन्थे
मुटु मैले जिते पनि पराजित भएको छु।
No comments:
Post a Comment