यादै यादहरुको श्रृङ्खला हुदैछ
बिस्तारै जिन्दगी अबला हुदैछ।
अनायसै मुटु दुख्दैछ बेसरी
लाग्छ कतै बाट हमला हुदैछ।
भक्कानिन्छ छाती,आँखा पानी पानी
एक्कासी अबरुद्ध गला हुदैछ।
अतीत बिर्सेर बाच्नु पर्छ भनी
साथी हरु बाट हौसला हुदैछ।
आँसु दबाएर हास्न खोज्नु पनि
जिन्दगीमा एउटा कला हुदैछ।
No comments:
Post a Comment