Friday, 11 March 2016

हुन बेर छैन

रहरैमा माया पिरिम हुन बेर छैन
बिस्तारै जिन्दगी चिलिम हुन बेर छैन।

यो देशमा नेताहरुको पारा देख्दा लाग्छ
कुनै दिन देश सिक्किम हुन बेर छैन।

प्रविधिको बिकास आज यसरी हुदैछ
सबै मान्छे हरु कृतिम हुन बेर छैन।

बाह्र-मासे बसि दिदा डुबेर नशामा
सिङ्गै शरीर गाजा,अफिम हुन बेर छैन।

महान बन्ने प्रतिस्पर्धा गर्न थाले मानव
"माङ" पनि महामहिम हुन बेर छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...