Sunday, 13 March 2016

रहर तिम्रो सुने पछि

सुन-चादी,हीरा-मोती,रहर तिम्रो सुने पछि
मुर्छा पर्छु पोइला गाको खबर तिम्रो सुने पछि।

गयौ तिमी धेरै टाढा यो दु:खी लाई छोडेर
ढुक्क हुन्छु,कहाँ पुग्यौ,सफर तिम्रो सुने पछि।

सुनसानै भएका छन् डाडा,काडा,खोला,नदी
तिमी आफैं छ्क्क पर्छ्यौ असर तिम्रो सुने पछि।

मलाई त छोड्यौ छोड्यौ,उस्लाई पनि छोड्यौ रे
दुनियाँले थुक्ने नै छन् चक्कर तिम्रो सुने पछि।

घर न घाट्की भाकी छ्यौ रे भन्ने समाचार सुने
दु:ख लाग्यो बास बस्ने नगर तिम्रो सुने पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...