Thursday, 31 March 2016

बजारमा

आजभोलि सस्तो माया बजारमा भेटिन्छ
उस्ले भन्दै थियो कतै हजारमा भेटिन्छ।

भू•पु• माया संग थिए धेरै कुरा गर्न
जति खेर भेट हुन्छ,हतारमा भेटिन्छ।

दिउँसै बत्ती बालेर खोजे पनि यहाँ
राम्रा गुण भएका दुई-चारमा भेटिन्छ।

माया गर्छु भन्ने हरु कति हुन्छन् कति
बिहे गरौं भन्दा खेरी दोधारमा भेटिन्छ।

छलकपट गरे पनि जति बाठो भई
गल्ती सबै स्पस्ट त्यो मुहारमा भेटिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...