Sunday, 13 March 2016

सबक सिकाउनुछ

निस्ठुरी लाई गतिलो सबक सिकाउनुछ
माया र घृणा बीचको फरक सिकाउनुछ।

बुझी कन पनि बुझ पचाउने हरु लाई
नैतिकताको पाठ सयौं पटक सिकाउनुछ।

दौरा-सुरुवाल लाउदा पाखे भइन्छ रे
छोराछोरी लाई तडक-भडक सिकाउनुछ।

आत्माघाती गोल होला राजनीतिको खेलमा
सबै जनता लाई गोल-रक्षक सिकाउनुछ।

सिकाउने भन्दा बरु सिक्ने हरु थाक्लान्
सिकाउनेले निरन्तर अथक सिकाउनुछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...