Tuesday, 15 March 2016

हुलमा परे पछि

जंगली ती जनावरको हुलमा परे पछि
उम्कन गार्हो हुन्छ चङ्गुलमा परे पछि।

परिवारै भताभुङ्ग,लथालिङ्ग हुन्छ
एउटै कपूत सदस्य कुलमा परे पछि।

लाम्खुट्टेले आफू लाई भाग्यमानी ठान्छ
बल्लतल्ल कसै गरि झुलमा परे पछि।

रात्री भोजको आयोजना गरेकोछ उस्ले
फेरि बजेट नबनिने पुलमा परे पछि।

पुरै देश बिरामी छ, मर्माहत भाको छ
सत्ताको विष बिकासको मुलमा परे पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...