Friday, 11 March 2016

प्यार भेटिएन

जिन्दगीमा कतै मीठो प्यार भेटिएन
सुख-दु:खमा साथ दिने यार भेटिएन।

तिमी लाई माया गर्छु भन्छे भन्न लाई
मौखिक माया पिरतीको आधार भेटिएन।

धेरै लागे उनको पछि मायाको खोजीमा
अन्धाधुन्दा पछ्याउनुको सार भेटिएन।

डुबिसके एकोहोरो मायाको सागरमा
जति पौडी खेले पनि पार भेटिएन।

जिन्दगीको परिभाषा खोज्दै थाकी सके
यस्को कुनै नाप,तौल,आकार भेटिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...