Friday, 18 March 2016

आशामा अल्झिएछ

सधैं भरी निस्ठुरीकै आशामा अल्झिएछ
उनै द्धारा थापिएको पासामा अल्झिएछ।

खुशी,सुख आउला भन्दा कहिल्यै नी आएन
हुँदा हुँदा जिन्दगी निराशामा अल्झिएछ।

सियो,धागो केही पनि बन्दैन यो देशमा
सबै सीप,जागर हरु खासामा अल्झिएछ।

जाति,धर्म,भेष-भूसा भन्दा पछाडी पर्यौ
आखिर प्रगती मातृ-भासामा अल्झिएछ।

प्रस्नले भरियो जीवन,उतर पाउन नसक्दा
के होला,कसो होला,जिज्ञासामा अल्झिएछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...