Saturday, 1 April 2017

चौंरी गोठ

चौंरी गोठ लेकमा राखेर
कति बस्छ्यौ जवानी साँचेर
बेशी झरन
माया गरन।

मन मेरो उतै सर्यो गोरी लाई देखेर
भुत्तुक्क म भई सकें मोरी लाई देखेर
छुर्पी,घिउ खाएर हुर्केकी
बैँश लागी के सारो फुर्केकी
बेशी झरन
माया गरन।

मयूरले नाचे जस्तो त्यो कम्मर मर्काई
लगिहाल्छु परी लाई जसरी नि फकाई
तराजुको धार्नी र बिसौली
कान्छा संग बे गरी बसौली
बेशी झरन
माया गरन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...