Sunday, 9 April 2017

अंग-अंगमा

अंग-अंगमा यौवनको लाली चढ्यो भन्दैमा
तिम्रो बैशले सगरमाथा माथिचढ्यो भन्दैमा
आँधीहुरी नचलाउ मेरो मनमा
तीखो छुरी नचलाउ मेरो मनमा।

मन थाम्नै सकिँदैन कामुकता देखेर
चक्कर लागी ढल्दछु लचकता देखेर
पुगी सत्र अठारमा पाइला टेक्यो भन्दैमा
मुटु कटक्क खाने खाले युवा देख्यो भन्दैमा
आँधीहुरी नचलाउ मेरो मनमा
तीखो छुरी नचलाउ मेरो मनमा।

मदहोसी दृश्य देख्दा को पागल हुन्न र
जवानीको बाण छोड्दा कसलाई छुन्न र
मेरो मनमा अत्याचार गर्न पायो भन्दैमा
लट्ठ पारेर प्रेमप्याला भर्न पायो भन्दैमा
आँधीहुरी नचलाउ मेरो मनमा
तीखो छुरी नचलाउ मेरो मनमा।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...