मुक्तक-१
हिटलरलाई भेट्ने सल्लाह गर्दैछन्
गान्धी लाई मेट्ने सल्लाह गर्दैछन्
आतंककारी र हिंस्रक जन्तु मिलेर
बुद्धको घाँटी रेट्ने सल्लाह गर्दैछन्।
मुक्तक-२
आमसभामा आउ-आउ भन्न थाले
यो चिन्हमा छाप लगाउ भन्न थाले
अघिपछि बाघ झैं गर्जिने नेता हरु
बिरालो झैं म्याउ-म्याउ भन्न थाले।
No comments:
Post a Comment