Friday, 7 April 2017

सिरियाको एक घटना

अप्रिल-७/२०१७(चैत्र-२५, शुक्रबार,२०७३)
**************
नाइट ड्युटी गरेकोले दिउँसो सुतेर दुबईको समयानुसार साँझको ०५:१५ मा आँखा खुलेका थिए।पिसाबले टनक्कै च्यापेको रहेछ र ट्वाइलेट गएर आउने बित्तिकै फेसबुक खोलें।घरायसी समस्याले प्रबासिएका मोरङकी २१ बर्षे सन्ध्या सापकोटा जो कहिले लेबनान र कहिले सिरियामा बसेर पसिना बगाउँने गर्थिन्।प्रवासमै बसेर पनि साहित्यमा कलम चलाइरहेकी मेरी फुसबुक मित्र सन्ध्याको स्ट्याटस आएको रहेछ।

" सिरियाको न्युज हेर्नुहुनेले मेरो पिर नगर्नुस् है|
मलाई ठिकै छ|
म बसेको सिरियाको राजधानी दमसकसमा हो|
र अमेरिकाले हवाई फायर गरेको बनेपा देखि कोटेश्वर जति टाढा भएको हो |
अाजको घटनाले सबैलाई दुखी बनाएको जानकारी पाएँ |

मेरो पनि शुभचिन्तक ,शुभेच्छुक हुनुहुदोरहेछ खुसी लाग्यो|धेरै धेरै सम्झना हजुरहरू प्रति म सकुशल रहेको जानकारी गराउन चाहान्छु|
अहिले भर्खरै भएको दमसकसको घटनामा १४७जना मृत्यु भएको जानकारी अाएको छ |
थप विवरण अाउँन बाकी |

plz मेरो पिर कसैले नलिनुहोला भाग्यले साथ  दियो भने अाउँनेछु फर्केर|😒😒😒😑"

बाध्यताले सिरियामा कार्यरत सन्ध्या सापकोटा जस्तो नेपाली चेलीको स्ट्याटस पढेर म भावविभोर भएँ।न त सन्ध्यासंग मेरो गहिरो मित्रता थियो न कुनै नाता नै।तर पनि मेरा आँखाबाट अश्रुबर्षा भयो।
"तपाईँ जस्तो साहित्यकार कसरी सिरिया पुग्नुभयो?चाँडो भन्दा चाँडो नेपाल फर्किनुस्।"-एकजनाले कमेन्ट गरेका थिए।
" हजुर सिरिया मा के गर्न जानू भाको नेपाल मा नै बस्दा हुन्छ नि हजुर नेपाली नेपाली चेलीलाई केही हुदैन पशुपति नाथले कल्याण गरुन् छिट्टै नेपाल फर्कनु होस्"-अर्को एकजना मित्रको कमेन्ट थियो।

" १घन्टा अगाडि सम्म हदैसम्म खुसी थिएँ २सेकेन्डमा उड्यो माथि अाकासमा हेरेको पूरा धुवा केही छैन फोटो खिच्न असमर्थ बाहिर निस्कन मनाही पूरा कर्फ्यु हैट जिन्दगीमा पहिलोपल्ट थाहा भयो ।यहाँ शक्तिशाली घटना हो यो अमेरिकाले गरेको ठाउँको ठाउँ मान्छे सुत्ने ग्यास गनाएर 😒😑बाहिर निस्कियो भने ज्यान गयो।"-सन्ध्याको कमेन्ट थियोे।"
धेरै जसो उनका शुभेच्छुकहरुले खेद प्रकट गर्दै सुरक्षित रहन र यथाशीघ्र स्वदेश फर्कन अनुरोध गरेका रहेछन्।

" भोलि लेवनान फर्किन्छु 😒पिर नगर्नुस् नेपालमा अाएको भुइचालो भन्दा ठूलो घटना अाँखा अगाडि भयो हल्का डर लागेकोछ अरू केही भएको छैन रिप्लाई गर्न सकिन म्यासेजको सरि हजुरहरूमा😒।"-सन्ध्याको अर्को कमेन्ट थियो।
म यति दु:खी भएँ कि मैले न त लाइक गर्न सकें न कुनै कमेन्ट नै।निकैबेर सम्म अश्रु झरिरह्यो।मैले केवल लाचार भएर खेद प्रकट गर्नु बाहेक उनको लागि गर्न सक्ने केही थिएन।उनको स्ट्याटस पटकपटक पढेर रोएँ।साँझको छ बजेतिर मैले पनि कमेन्ट लेखें।
"म त नि:शब्द भएँ।केही भन्न सकिरहेको छैन।आफ्नो ख्याल राख्नुहोला।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...