पत्थर भन्दा फूलले बढी दुख्दो रैछ
मायाको सागर पनि पलमै सुक्दो रैछ
हजार हुन्छन् सुखमा साथ दिने हरु
दु:ख पर्दा आफू लाई सबै लुक्दो रैछ।
दुनियाँमा बलिर'को आगो ताप्ने चलन छ
आगो बिना पनि मनमा कति धेरै जलनछ
स्वार्थ पूर्ति गर्नलाई मान्छे झुक्दो रैछ
दु:ख पर्दा आफू लाई सबै लुक्दो रैछ।
अगाडि हुने बेलामा चिल्लो धेरै घस्ने गर्छन्
मौकामा पछाडिबाट तीखो छुरा धस्ने गर्छन् जति चलाख भए पनि मान्छे चुक्दो रैछ
दु:ख पर्दा आफू लाई सबै लुक्दो रैछ।
No comments:
Post a Comment