प्रहार गरे बैरीले आज आमाको छातीमा
ढालेर खम्बा प्रबेश गरे नेपाली भूमिमा
देखेर पनि चिम्लेर आँखा दर्शक बनेर
नबसौं हामी दाजु र भाइ सालिक बनेर।
नेपाली पुत्र ढलेछ आज बैरीको गोलीले
रंगियो धर्ती बगेर कठै रक्तको खोलीले
डराई हैन,हिम्मत बोकी ,सम्पूर्ण जुटेर
सामना गरौं दुश्मन संग सिमामा लडेर।
बिगत संझी अंग्रेजसंग त्यो नालापानीमा
फुटाऔं आँखा जसले हेर्छ अमूल्य खानीमा
नबसौं युवा,बैरीको चोट,अन्याय सहेर
हिंडेर देखा,पू्र्खाको बाटो,खुकुरी बोकेर।
No comments:
Post a Comment