Saturday, 1 April 2017

यादले

घरी-घरी रेटिं दिंदा धारिलो यादले
यौटै मुटु सय टुक्रा बनायो यादले
घाइते भै बाँचिरछु आज मुश्किलले।

बिछोडको कहानीले छाती पोल्दोरैछ
प्रियसीकै नाम लिई मुख बोल्दोरैछ
****************************
जति चोट दिए पनि बिगतमा उनले
फेरि पनि उनैलाई खोज्छ यो दिलले
घाइते भै बाँचिरछु आज मुश्किलले।

खुकुरीले अचानो नै काटीगए पनि
सुमधुर सम्बन्ध नै फाटी गए पनि
***************************
बिर्सि देउ सबै भन्थ्यो टुहुरो मनले
मध्यरातमा संझायो आज यो जूनले
घाइते भै बाँचिरछ आज मुश्किलले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...