Friday, 21 April 2017

चुनाव

               मुक्तक-१
बिकास,सुशासन र समृद्धिको बीउ छर्नलाई
नेता र  जनता बीच  भएको खाडल भर्नलाई
आउँदो चुनावमा सहभागी हुनुपर्छ सबैजना
राजनीतिमा घुसिएको फोहोर सफा गर्नलाई

               मुक्तक-२
फुट्ने हैन आम जनता सबै जुट्नुपर्छ
बैशाख एकतीसको फाइदा लुट्नुपर्छ
हाम्रालाई नभई राम्रा लाई भोट दिएर
स्वार्थी नेतालाई भारी मतले चुट्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...