Sunday, 2 April 2017

भताभुंग बनायो

भताभुंग बनायो जिन्दगी,चिराचिरा बनायो जिन्दगी
आँधीहुरी रहेछ पिरती,भुईंचालो रहेछ पिरती।

सिंगो मुटु सुन्दर पार्न त,काफी रैछ एउटै मुस्कान
ध्वस्त पार्न कसैको जीवन,काफी रैछ एउटै बचन
पीडा छोपी हाँसु म कसरी,उनी बिना बाँचु म कसरी
आँधीहुरी रहेछ पिरती ,भुईंचालो रहेछ पिरती।

गरिबस्ने सधैं नै नाटक, निष्ठुरीको के गर्नु बयान    
अरुलाई तड्पाई तड्पाई,ठान्ने रैछ आफू नै महान
आफू बाँच्ने अरुनै मारी,जित्ने अरे आफू नै नहारी
आँधीहुरी रहेछ पिरती,भुईंचालो रहेछ पिरती।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...